Narabahadur Karmacharya Smriti Pratisthan

परिचय र संस्थाको बिकासक्रम

(भौगोलिक अवस्थिति, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक परिचय) संस्थाको बिकासक्रम, कार्यक्रमहरुको आवश्यकता, औचित्य र उपलब्धिहरु)

भौगोलिक अवस्थिति

एसिया महादेश भित्र अवस्थित सुन्दर र शान्त देश नेपालको सुदुरपूर्वि प्रदेश कोशी प्रदेशमा पर्ने झापा जिल्लाको विर्तामोड नगरपालिकामा यो प्रतिष्ठान अवस्थित छ । विर्तामोड नगरपालिका क्षेत्रको उत्तरतर्फ अर्जुनधारा नगरपालिका रहेको छ भने दक्षिण तर्फ क्रमश: हल्दिवारी र वाह्रदशी गाउँपालिका अवस्थित छन । पूर्वमा मेचीनगर तथा भद्रपुर नगरपालिका छन भने पश्चिमतर्फ कनकाई नगरपालिका रहेका छन ।

जमिनयूक्त विर्तामोड नगरपालिका क्रमश: व्यापारिक केन्द्रको रूपमा रूपान्तरण भैरहेको छ । कोशी प्रदेशको मेची अंचल झापा जिल्लामा रहेको विर्तामोड नगरपालिका २६ ।२० डिग्री उत्तर देखी २६ ।५० डिग्री उत्तर अक्षांस र ८७ ।३९ डिग्री पूर्व देखी ८८ ।१२ डिग्री पूर्व देशान्तरमा पर्दछ । सामुद्रीक सतह देखी ५०० मिटर उचाईमा रहेको यस क्षेत्रमा विविधतायूक्त जातजातीहरू जस्तै: ब्राहमण, क्षेत्री, राई, लिम्बु, मगर, थारू, राजवंशी, संथाल आदीको वसोवास रहेको छ । मनसुनी वायुले वर्षा ऋतुमा यस भागमा २०० मि ।मि सम्मवर्षा गराउदछ । जीविको पार्जनको मूल पेशा कृषि नै भएता पनि व्यापार तथा अन्य व्यवसायको वाहुल्यता वढदो छ । गर्मि याममा गर्मी हुने र जाडो याममा जाडो हुने याहाको विशेषता रहेको छ । गर्मीमा तापक्रम ३४० से. र वर्षा २०० मि. मि. सम्म हुने गर्दछ भने जाडोमा पश्चिमी वायूले केही वर्षा गराएपनि अधिकांस समय वर्षा हुँदैन । यहाँ सदावहार किसिमका वनस्पतिकहरूको वाहुल्यता रहेको छ किनकी यो क्षेत्र उष्ण प्रदेशकै एउटा हिस्सा हो । आँप, लिच्चि, केरा, भुईकटहर, अम्वा, मेवा, सुपाडी, नरिवल इत्यादी फलफूल का साथै चिया खेतीले झापाको सून्दरता, हरियाली र जिविको पार्जनमा अतुलनिय शोभा वढाएको प्रतित हुन्छ । सामुद्रीक सतहवाट ५८ मिटर उचाई को क्षेत्र देखी ५०० मिटर उचाई सम्मको विविधतायूक्त भौगोलिक वनोट अनुसार नै यहाँको हावा पानी पनि विविधतायूक्त पाईन्छ । 

 

विभिन्न जातजाती, भाषाभाषी, र धार्मिक सम्प्रदायका व्यक्तिहरूको वसोवास रहेको यो जिल्ला हरेक दृष्टिकोण वाट विविधतायूक्त रहेको छ । जनसंख्याको सानो हिस्सा मात्र आर्थिक रूपले सम्पन्न रहेका छन भने अधिकांश मध्यम वर्गिय र निम्न वर्गिय व्यक्तिहरूको वाहूल्यता पाईन्छ । आय आर्जनको अर्को माध्यमको रूपमा वैदेशिक रोजगारलाई निम्न वर्गिय व्यक्तिहरूले अपनाई रहेको छन ।

जनसंख्याको ठुलो हिस्सा वेरोजगार र अदक्ष रहेको यो जिल्ला तथा बिर्तामोड नगरपालिकामा समेत प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमवाट दक्ष गराई रोजगारमा यूवाहरूलाई संलग्न गराउनु पर्ने वर्तमान आवश्यकता रहेकोले शिपयूक्त जनशक्ती उत्पादन गरी आय आर्जनमा वृद्धि गराई सामाजिक आर्थिक उन्नति गर्नु र देशलाई आत्म निर्भर गराउनु नै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमहरूको आवश्यकता देखिन्छ ।समुदायमा प्राविधिक ज्ञान र सिपकोलागि सकारात्मक र सक्रिय सहभागिताको वातावरण वनाई रोजगारीका अवसरहरूको अभिवृद्धि गर्दै उत्पादन वृद्धि गराउनु नै यसको औचित्यता र उपादेयता मान्न सकिन्छ । हाल सम्म यस प्रतिष्ठानवाट डिप्लोमा कृषि (वालि विज्ञान) तर्फ १३ जना, डिप्लोमा कृषि पशु विज्ञान तर्फ २४ जना, डिप्लोमा वन विज्ञान तर्फ १९ जना, प्रशिक्षार्थीहरू दिक्षित भैसकेका छन भने २० जना प्रशिक्षार्थिहरूले छोटो अवधिको तालिम समेत लिइ सकेका छन । यसै गरी प्रतिष्ठानले आसपासका क्षेत्रहरूमा आवश्यक प्राविधिक सेवा समेत दिदै आएको छ ।

 

ऐतिहासिक परिचय

नेपालमा १०४ वर्षे जहानिया राणा शासन विरूद्ध आन्दोलन गरी देशमा प्रजातन्त्रको वहाली गरी देशको सार्वभौम सत्ता, अखण्डता, स्वाभीमानको रक्षा गर्दै जनताको शैक्षिक, आर्थिक, सामाजिक राजनैतिक विकास गरी समून्नत नेपालको स्थापना गर्ने उद्देश्यलेस्वर्गिय चन्द्र बहादुर कर्माचार्य र स्वर्गिय श्रीकुमारी बाट बि । सं । १९८१-०७-१४ गते भाईटिकाको दिनजन्मनु भै २०७०-०४-०९ का दिन ७९ वर्षको उमेरमास्वर्गारोहण हुनुभएका श्री नरबहादुर कर्माचार्य समेत सम्मिलित भै २००६ सालमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । सानै उमेर देखी अत्यन्तै तिक्षण स्वभावका स्वर्गिय कर्माचार्य प्रजातन्त्र प्रति चासो राख्नु हुन्थ्यो । देशको मूक्ती आन्दोलन र जनताप्रतिको समर्पणभावले गर्दा २००७ सालको राणा विरोधी आन्दोलन सफल भई देशमा प्रजातन्त्रको वहाली भएको थियो । यस्तो महान कार्यमा आफुलाई देश र जनताको पक्षमा बलियो खम्वाको रूपमा उभिनु भएका स्वर्गीय कर्माचार्यको स्मृतिमा यो प्रतिष्ठान २०७७ साल देखी स्थापना भै निरंतर क्रियाशिल रहेको छ ।

देशको आर्थिक अवस्थालाई सवलिकरण गर्ने महान उद्देश्यका साथ स्थापित यो प्रतिष्ठानका हाल सम्म४ (चार) वटा शाखाहरू सकृय रहेका छन । यस्ले वेरोजगार, विपन्न यूवाहरूलाई प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको माध्यम वाट शीप र रोजगारयूक्त जनशक्तीमा रूपान्तरण गरिरहेको छ । यसै परिप्रेक्ष्यमा मेची अंचलको झापा जिल्ला स्थित विर्तामोड नगरपालिकामा स्थापित यो झापा शाखाले विगत ४ (चार) वर्ष देखी हाल सम्म क्टेव्ट संग समन्वय र सवन्धन गरी विभिन्न प्राविधिक विषयमा अध्ययन अध्यापन र प्रशिक्षण दिइरहेको छ ।हाल संचालित कार्यक्रमहरू निम्नानुसार रहेका छन:

१.)  डिप्लोमा कृषि (वालि विज्ञान)
२.)  डिप्लोमा कृषि (पशु विज्ञान)
३.)  डिप्लोमा वन विज्ञान
४.)  डिप्लोमा होटल व्यवस्थापन
५.)  प्रि-डिप्लोमा होटल व्यवस्थापन (औद्योगिप्रशिक्षार्थी)

स्थापना र उद्देश्य

प्रतिष्ठानको मुख्य उद्देश्य नेपाली समाजमा प्राविधिक शिक्षा, सामाजिक चेतना, र राजनीतिक इतिहासको अध्ययनलाई प्रवर्द्धन गर्नु हो। यसले विशेषगरी ग्रामीण तथा पिछडिएका समुदायका युवाहरूलाई प्राविधिक दक्षता प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

स्मृति दिवस र सामाजिक गतिविधि

प्रतिष्ठानले हरेक वर्ष नरबहादुर कर्माचार्यको स्मृति दिवस भव्य रूपमा मनाउने गर्दछ। ११ औं स्मृति दिवसमा प्रतिष्ठानले बृद्धाश्रममा खाद्यान्न वितरणजस्ता सामाजिक कार्यहरू पनि सञ्चालन गरेको थियो।

0

ESTABLISHED ON (B.S.)

0 +

PROFESSIONAL TEACHERS

0 +

BATCH COMLETED

0 +

ACTIVITIES

Scroll to Top